गाविसको विशेषता

गा.वि..हरूको विशेषता

धनकुटा जिल्लाका गा.वि.स.हरूको आ-आफ्नो विशेषताको झलक निम्न अनुसार रहेको छ :

क्र.सं. गा.वि.स.को नाम विशेषता कैफियत
खोकु सुन्तला खेती
मुगा पुरानो प्रख्यात राम मन्दिर
आहाले अदुवा खेती, र्राईको बाहुल्य, जिल्लाको सवैभन्दा  होचो भू-भाग भएको स्थान
मुढेबास मगर बस्तीको बाहुल्य, हर्रा नाच
कुरुलेतेनुपा एस.एल.सी. माथि धेरै पढेका व्यक्तिहरू भएको गा.वि.स., शिक्षाको पुरानो थलो, ऐतिहासिक कुरुले गढी, चौबिसे क्षेत्रको बढी उत्पादन हुने गा.वि.स.
मौनाबुधुक धनकुटा जिल्लाको पहिलो उच्च मा.वि. स्थापना
राजारानी मार्कपार्क ताल
डाँडाबजार एसियाको ठूलो बरको रुख र ध्वजेडाँडा (सूर्योदय हेर्नका लागि)
बोधे हंसमोरङ
१० खुवाफोक १००० वर्षपुरानो सखुवाको रुख भएको
११ फाक्सिब क्षेत्रफलको हिसाबले सानो र भिरालो जमिन भएको गा.वि.स.
१२ बुढीमोरङ जिल्लामा सवैभन्दा बढी टमाटर उत्पादन हुने गा.वि.स.
१३ बेलहारा मूलघाटको आँप, विश्रान्ति मन्दिर, चिया खेती
१४ भेडेटार पर्यटकीय दृष्टिले महत्वपूर्ण, तराइबाट नजिकको चिसो भू-भाग
१५ महाभारत अदुवा खेतीका लागि प्रसिद्ध
१६ आँखीसल्ला वेतबाँस उधोग
१७ छिन्ताङ सहिद भूमि, काष्ठकला, ठूलो गा.वि.स., प्रसिद्ध छिन्ताङ देवी मन्दिर
१८ भीरगाउँ मधुगंगा मन्दिर, चिया खेतीको सुरुवात, जिल्लाको एकमात्र विधुत पावर हाउस
१९ ध.न.पा. आठपहरिया रार्ईको बस्ती, पुरानो गौंडा, पुर्वाञ्चल सदरमुकाम
२० तांखुवा लेकदेखि तमोरसम्म फैलिएको
२१ परेवादिन दूध तथा तरकारी उत्पादनमा अग्रणी
२२ तेलिया बदाम खेती
२३ पाख्रीबास पाख्रीबास कृषि अनुसन्धान केन्द्र, वनभोज पार्क
२४ घोर्लीखर्क डिकुरे गढी
२५ सान्ने सबैभन्दा बढी धान फल्ने गा.वि.स.
२६ मर्तिढुङ्गा जिल्लाको सबैभन्दा  अग्लो ठाउँ, बहुमुखी अल्लो उधोग भएको, चुनढुङ्गा पाउने
२७ लेगुवा नागेश्वर मन्दिर, जिल्लाको लामो झोलुङ्गे पुल
२८ मारेककटहरे अलैंची, आलु, अल्लो प्रसस्त पाइने ठाउँ, सबैभन्दा बढी दुग्ध उत्पादन
२९ डाँडागाउँ अल्लो, अलैंची पाउने ठाउँ
३० चुङमाङ, मुगा (मुगा खोला) ३ वटा सिंचाइ कुलाका लागि पुग्ने पानी एकै मुहानबाट निस्कने

Skip to toolbar